Kathmandu Press

आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। 
आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, चैत २८ : हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। 

आज राति भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागको मौसम सामान्यतया सफा रहने छ।बुधबार भने गण्डकी  र कर्णाली प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

प्रकाशित मिति: ०७:३४ बजे, मंगलबार, चैत २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्