स्वास्थ्य मन्त्रालयले भन्यो– कोरोना संक्रमण अझै केही दिन बढ्छ
कोरोना सङ्क्रमण केही दिनयतादेखि उकालो लागेको छ। आज मात्रै दुई हजार पाँच सय ६६ जनामा गरिएको परीक्षणमा एक सय २४ जना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।
काठमडौं, चैत २७ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाको सङ्क्रमण अझै केही दिन बढ्ने बताएको छ। त्यसैले सतर्कता अपनाउन सबैलाई मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सङ्क्रमण अझै केही दिन बढ्ने बताए । उनले भने, ‘अहिलेको अवस्था हेर्दा अझै केही दिन सङ्क्रमण बढ्ने छ । त्यसैले सबैले जनस्वास्थ्यका मापदण्ड पालना गरौं।’
मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाउन सबैमा आग्रह पनि गरेको छ । कोरोना सङ्क्रमण केही दिनयतादेखि उकालो लागेको छ। आज मात्रै दुई हजार पाँच सय ६६ जनामा गरिएको परीक्षणमा एक सय २४ जना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।
अहिले सक्रिय सङ्क्रमित चार सय ४४ जनामा पुगेको छ । काठमाडौं उपत्यकामा २१ जना आइसोलेसन र १० जना सघन उपचार कक्ष ९आइसियु०मा उपचाररत रहेका छन्।
नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबिबी. १.१६ देखापरेका छ। शून्यमा झरेको सङ्क्रमण नेपाल भारत खुला सिमानाका कारणले सङ्क्रमितहरु नेपाल प्रवेश गर्नाले फैलिएको हो।

-1784896419.png)









