एमालेका नेता नरेश खरेलले गरे पार्टी परित्याग

काठमाडाैं, चैत २७ : नेकपा एमालेका नेता नरेश खरेलले पार्टी परित्याग गरेका छन्। सोमबार बक्तव्य सार्वजनिक गर्दै खरेलले इमान्दार कार्यकर्ता भन्दा दक्षिणपन्थी प्रवृत्ति हाबी भएकाले पार्टी परित्याग गरेकाे बताएका छन।
खरेलले पञ्चायतको समयमा एमालेका अध्यक्ष केपी शर्मा ओली भन्दा लामो समय जेलजीवन बिताएका थिए। १७ वर्ष जेल बसेका खरेलले २०३३ सालमा नक्खु जेलब्रेक गरेका थिए।
‘नेकपा एमालेमा लामो समयसम्म योगदान गरेका, तर पार्टीका गलत क्रियाकलापसँग असहमत रहेका हामी नेता कार्यकर्ताहरु आजदेखि सो पार्टीबाट स्वतन्त्र रहेको घोषणा गर्दछौं’ बक्तव्यमा उल्लेख छ। खरेल एमाले नेतृत्वसँग असन्तुष्ट थिए भने खरेलप्रति एमाले नेताहरु पनि सकारात्मक थिएनन्।
प्रकाशित मिति: १७:४८ बजे, सोमबार, चैत २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









