Kathmandu Press

बिना निष्कर्ष सकियाे मिटरब्याज पीडित र सरकारी टाेलीबीचकाे वार्ता, भाेलि फेरि बस्ने

बिना निष्कर्ष सकियाे मिटरब्याज पीडित र सरकारी टाेलीबीचकाे वार्ता, भाेलि फेरि बस्ने

काठमाडाैं, चैत २७ : ६ बुँदे मागसहित वार्तामा बसेका मिटर ब्याज पीडित र सरकारी टाेलीबीचकाे वार्ता बिना निष्कर्ष सकिएकाे छ। मंगलबार पुन वार्तामा बस्ने गरी साेमबारकाे वार्ता सकिएकाे हाे। 

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनका अनुसार आजको वार्तामा मिटरब्याज पीडितसंग सरकारले यस अगाडि गरेका सहमतिका बारेमा छलफल गरेकाे छ।

सरकारले १ असोज र १८ चैतमा मिटरब्याज पीडितसंग सम्झौता गरेको थियो ।

यी सम्झौताले मिटरब्याज पीडितको समस्या समाधान नहुने भन्दै २० चैतदेखि मिटरब्याज पीडितको अर्को समूह काठमाडौं केन्द्रित आन्दोलनमा छ । काठमाडौंमा आन्दोलित पीडितसंग सरकारले २५ चैतमा प्रारम्भिक छलफल गरेको थियो । 

प्रकाशित मिति: १७:१८ बजे, सोमबार, चैत २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्