संसदमा व्यंग्य : स्वास्थ्यमन्त्रीको भाउ ‘दुई करोड!’
बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले ‘स्वास्थ्यमन्त्रीको भाउ दुई करोड रहेछ’ भन्दै कटाक्ष गरेका हुन्।
काठमाडौं, चैत २६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमा सोमवार प्रतिनिधि सभा बैठकमा व्यङ्ग्य वाण चलेको छ।
बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले ‘स्वास्थ्यमन्त्रीको भाउ दुई करोड रहेछ’ भन्दै कटाक्ष गरेका हुन्।
‘स्वास्थ्यमन्त्रीको भाउ दुई करोड रहेछ। अरु अरु मालदार मन्त्रीहरुको कति होला?,’ पोखरेलको व्यङ्ग्य थियो। भ्रष्टाचारकै कारण नेताहरु सामाजिक रुपमै बहिष्करणमा पर्न सक्ने पनि उनले बताए।
बैठकमा उनले भने, ‘एउटा त एक्पोज भयो। अर्को, एउटा भ्रष्ट मानसिकताले समाज विक्षिप्त बनायो। जनतामा निराशा र चरम अविश्वास पैदा गरायो।’ पोखरेलले दल र तिनका नेताहरुप्रति सामाजिक रुपमै बहिष्करण हुनसक्ने अवस्थाको सिर्जना गराएको भनाई पनि राखे।
रास्वपा सांसद श्रेष्ठले स्वास्थ्यमन्त्री बन्नका लागि सभापति रवि लामिछानेको कोर टिमका मान्छेले दुई करोड माग गरेको भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग रकम मागेको अडियो आइतबार सार्वजनिक भएको थियो।

-1784896419.png)









