Kathmandu Press

संक्रमणकालीन न्याय अदालतले हस्तक्षेप गर्ने विषय हाेइन : महरा

काठमाडौंमा आज (सोमबार) आयोजित नेपालमा शान्तिप्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा उनले त्यस्तो बताएका हुन्।
संक्रमणकालीन न्याय अदालतले हस्तक्षेप गर्ने विषय हाेइन : महरा

काठमाडौं, चैत २७ : माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले संक्रमणकालीन न्यायको विषय सत्य निरुपण तथा मेलमिलाप आयोगद्वारा निरुपण हुनुपर्नेमा जोड दिएका छन्।

काठमाडौंमा आज (सोमबार) आयोजित नेपालमा शान्तिप्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा उनले त्यस्तो बताएका हुन्। संक्रमणकालीन न्याय अदालत र न्यायाधीशले हस्तक्षेप गर्ने विषय नभएको उनको भनाइ थियो।

‘संक्रमणकालीन न्यायको विषय सत्यनिरुपण तथा मेलमिलाप आयोगद्वारा निरुपण हुनुपर्छ। यो अदालतले वा न्यायाधीशले हस्तक्षेप गर्ने विषयवस्तु होइन,’ उनले भने, ‘बृहत विस्तृत शान्तिसम्झौताको मर्मको विषय पनि यही हो।’

माओवादी केन्द्रबाट एमालेमा गएका नेताहरु पुरानो पार्टीमै फर्किने विषयमा सकारात्मक रहेको दाबी पनि उनले गरे।

प्रकाशित मिति: १६:३२ बजे, सोमबार, चैत २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्