सदनमा उठेका प्रश्नको जवाफ दिन सभामुखको रुलिङ
प्रतिनिधिसभाको आजको बैठकमा उनले उक्त रुलिङ गरेका हुन्।
काठमाडौं, चैत २७ : सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको विभिन्न समयमा सांसदले राखेको जिज्ञासा तथा प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले उक्त रुलिङ गरेका हुन्।
'विगतका बैठकदेखि अहिलेसम्म शून्य, विशेष र अन्य समयमा सांसदले जनसरोकारका विविध विषयमा कुरा उठाइरहनुभएको छ', सभामुख घिमिरेले भने, 'प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ तर्फ सरकारको ध्यानाकर्षण गराउँदै अहिलेसम्म उठेका प्रश्नहरुको जवाफ दिन निर्देशित गर्दछु।'
महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस
प्रतिनिधिसभामा आर्थिक वर्ष २०७८/७९ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त प्रतिवेदन पेस गरिन्।
प्रकाशित मिति: १५:५३ बजे, सोमबार, चैत २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









