सांसद खानलाई बर्खास्त गर्न मागसहित जनमतको कार्यालयमा धर्ना
अभियानले यसअघि गत शुक्रबार सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै उनलाई तत्काल निलम्बन गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको थियो।
काठमाडौं, चैत २७ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठको घुस बार्गेनिङसम्वन्धी अडियो प्रकरणमा संसदीय समिति गठन गरी ‘कोर टीम’ माथि छानबिन हुनुपर्ने माग भइरहेका बेला पूर्वमन्त्री तथा जनमत पार्टीका सांसद अब्दुल खानलाई बर्खास्त गर्न मागसहित धर्ना शुरु भएको छ।
खानले अश्लील हर्कत गरेको बताउँदै राष्ट्रिय एकता अभियानले जनमत पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिएको हो। सांसद खानले एक महिलासँग ‘भर्चुअल’ माध्यममा अश्लील हर्कत गरेको भिडियो सामाजिक सञ्जालमा आएको थियो। खानले भने भारतीय गिरोहले आफूसँग रकम बार्गेनिङका लागि फेक भिडियो बनाएको दाबी गर्दै आएका छन्। रकम नदिएपछि सामाजिक सञ्जालमा हालेको दाबी खानको छ।
राष्ट्रिय एकता अभियानले शुक्रबार सभामुख देवराज घिमिरेलाई पनि यस विषयमा ज्ञापन पत्र बुझाएको थियो। ज्ञापनपत्रमा पनि खानलाई तत्काल निलम्बन गरेर अनुसन्धान अगाडि बढाउन माग गरिएको छ। सांसद खानले एक महिलासँग भर्चुअल माध्यममा अश्लील हर्कत गरेको भिडियो सामाजिक सञ्जालमा आएको थियो। तर खानले भने त्यो भिडियो देखाएर आफूसँग भारतीय गिरोहले रकम माग गरेको र रकम नदिएपछि सामाजिक सञ्जालमा हालेको बताएका छन्। र उनले भिडियोमा देखिएको गतिविधि आफूले नगरेको दाबी पनि गरेका छन्।
अभियानले यसअघि गत शुक्रबार सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै उनलाई तत्काल निलम्बन गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको थियो।

-1784896419.png)









