Kathmandu Press

भारतीय सुरक्षा संयन्त्र अमृतपाल सिंहलाई खोज्न नेपाल आउनु कानुनविपरीत : रघुजी पन्त

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले बाह्य देशको सुरक्षाकर्मीलाई नेपालको कुनै पनि कानुनले नेपाल भित्र पसेर खोजबिन गर्ने अधिकार नदिएकाले पनि सरकार सतर्क हुनुपर्ने जिकिर गरे।
भारतीय सुरक्षा संयन्त्र अमृतपाल सिंहलाई खोज्न नेपाल आउनु कानुनविपरीत : रघुजी पन्त

काठमाडाैं, चैत २७ : एमाले नेता रघुजी पन्तले भारतीय सुरक्षा संयन्त्र अमृतपाल सिंहलाई खोज्न नेपाल आउनु कानुनविपरीत भएकाले सरकारले गम्भीर ध्यान दिनुपर्ने बताए।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले बाह्य देशको सुरक्षाकर्मीलाई नेपालको कुनै पनि कानुनले नेपाल भित्र पसेर खोजबिन गर्ने अधिकार नदिएकाले पनि सरकार सतर्क हुनुपर्ने जिकिर गरे।

अमृतपाल खोज्न भारतीय सुरक्षाकर्मी नेपाल आउँदा मुलुककै सुरक्षा संयन्त्रमाथि अविश्वास पैदा भएको उनको भनाइ थियाे।

अहिले विखण्डनको आन्दोलन गरेका अमृतपाललाई भारतीय प्रहरीले खोजिरहेको छ भने उनी नेपाल आएको हुन सक्ने भन्दै नेपालस्थीत भारतीय दूतावासले नेपाललाई पत्रसमेत लेखेको समाचार प्रकाशित भएका थिए। 

प्रकाशित मिति: १४:३१ बजे, सोमबार, चैत २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्