Kathmandu Press

मेयर बालेनसँग तत्काल वार्ता गर्न प्रधानमन्त्री प्रचण्डलाई महामन्त्री थापाको आग्रह

कांग्रेस महामन्त्रीसमेत रहेका उनले सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले त्यस्तो आग्रह गरेका हुन् ।
मेयर बालेनसँग तत्काल वार्ता गर्न प्रधानमन्त्री प्रचण्डलाई महामन्त्री थापाको आग्रह

काठमाडौं, चैत २७ : कांग्रेस सांसद गगन थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहसँग वार्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन्। कांग्रेस महामन्त्रीसमेत रहेका उनले सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले त्यस्तो आग्रह गरेका हुन् ।

‘बाग दरबार र सिंहदरबारबीच टकराव देखिएको छ। जनप्रतिनिधिले आफ्नो कुरा सुनुवाइ नभएको भनेर माग पूरा गराउन प्रयोग गरेको शैली र भाषाबारे पछि बहस गर्दै गरौंला, प्रधानमन्त्रीलाई आग्रह छ, काठमाडौं महानगरका मेयरसँग तत्काल वार्ता गरियोस्, जायज माग पूरा गरियोस्,’ उनले भने, ‘यो प्रक्रियामा काठमाडौंबाट निर्वाचित सांसदलाई पनि सहभागी गराइयोस्।’

मेयर शाहले संघीय सरकारप्रति असहमति प्रकट गर्दै शनिबार सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिएका छन्। जसका कारण आइतबारदेखि सिंहदरबारको फोहोर उठ्न सकेको छैन। 

थापाले संघीय सरकारले आवश्यक कानुन नबनाउँदा स्थानीय तह र प्रदेशहरुले राम्रोसँग काम गर्न नसकेको पनि बताए। ‘अहिले सिंहदरबारमा थुप्रै पालिकाका प्रमुख कर्मचारीको सरूवा गर्न र रोक्न सिंहदरबारमा धाइरहेका देखिन्छन्,’ उनले भने, ‘तीन तहको सरकारबीच अन्तर समन्वय गर्न संघीय सरकार प्रो-एक्टिभ हुनुपर्छ। तर त्यो भएको छैन।’

 

प्रकाशित मिति: १४:०८ बजे, सोमबार, चैत २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्