Kathmandu Press

सांसद ढाकाकुमारकाे अडियाे सार्वजनिक भएकाे घटनाप्रति रास्वपाले माग्याे माफी

सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सो घटनाले सम्पूर्ण सांसदकाे सम्मानमा चोट परेको भन्दै माफी मागेका हुन्।
सांसद ढाकाकुमारकाे अडियाे सार्वजनिक भएकाे घटनाप्रति रास्वपाले माग्याे माफी

काठमाडौं, चैत २७ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठले रकम मागेको अडियो सार्वजनिक भएको घटनाप्रति माफी मागेको छ।

सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सो घटनाले सम्पूर्ण सांसदकाे सम्मानमा चोट परेको भन्दै माफी मागेका हुन्।

‘हाम्रो सांसदका कारण यहाँहरुको सम्मानमा परेको चोटप्रति क्षमा चाहन्छौं,’ उनले भने,  ‘संसदको गरिमा बढाउने रास्वपाको अभियानमा हामी अक्षुण्ण रहनेछौं। यो घटनाले विचलित हुनेछैनौं।’

रास्वपाका सांसद श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्ने पक्का भएको तर त्यसका लागि सभापति रवि लामिछानेको कोर टिमलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड आर्थिक सहयोग मागेको अडियो आइतबार सार्वजनिक भएको थियो।

उक्त अडियो प्रकरणमा मुछिएका सांसद श्रेष्ठलाई पार्टीले जिम्मेवारीबाट मुक्त गरी ७२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको र पार्टीको अनुशासन समितिले छानबिन गरिरहेको उनको भनाइ थियो।

उनले यस्तो घटना पहिलोपटक नभएको र त्यस्ता सबै घटनाको छानबिन हुन सके लोकतन्त्रप्रतिको सांसदहरूको प्रतिबद्धता अझ मजबुत हुने उनले बताए।

प्रकाशित मिति: १३:४९ बजे, सोमबार, चैत २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्