औचित्य पुष्टि हुने गरी समन्वय गर्न काठमाडौं महानगरलाई उपप्रधानमन्त्री श्रेष्ठकाे आग्रह
काठमाडौं महानगरका प्रमुखका बारेमा व्यक्तिगत रुपमा कुनै टिप्पणी नगर्ने भन्दै उनले बिना कारण बल प्रयोग गर्न अनुरोध मात्रै गर्न जानकारी दिएर नहुने स्पष्ट पारे।
चितवन, चैत २७ : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कामको औचित्य पुष्टि हुने गरी समन्वय गर्न काठमाडौं महानगरलाई आग्रह गरेका छन्।
सोमबार चितवनको भरतपुरमा प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले संघीय सरकार स्थानीय र प्रदेश सरकारसँग समन्वयन गरेर संविधानले दिएको जिम्मेवारी पुरा गर्न प्रतिबद्ध रहेको भन्दै कामको औचित्य पुष्टि हुने गरी र तथ्य रुप दिने गरि समन्वय गर्नको लागि काठमाडौं महानगरलाई आग्रह गरेका हुन्।
काठमाडौं महानगरका प्रमुखका बारेमा व्यक्तिगत रुपमा कुनै टिप्पणी नगर्ने भन्दै उनले बिना कारण बल प्रयोग गर्न अनुरोध मात्रै गर्न जानकारी दिएर नहुने स्पष्ट पारे। उनले स्थानीय तहको कार्यक्षेत्रमा केन्द्र सरकारले कुनै हस्तक्षेप नगर्ने उल्लेख गरे।
त्यस्तै श्रेष्ठले राजनीतिलाई सकारात्मक दिशातर्फ लैजानका निम्ति सबैभन्दा पहिला आफूले आफैँलाई हेर्नुपर्ने बताए। उनले मुलुकका उपलव्धीलाइ उल्टाउन खोज्ने प्रयास भए सह्य नहुने जिकिर गरे।
उनले नागरिकताका कतिपय विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै सबै दलहरूसँग छलफल गरेर समस्याको समाधान खोजिने धारणा राखे।

-1784896419.png)









