Kathmandu Press

जंगलका राजा कुसुन्डाकी छोरी सिमान्त पुरस्कृत

राजामा कुसुन्डाको २०७५ वैशाख ५ गते निधन भएपछि उनकी श्रीमती इन्द्रमाया कुसुन्डाले छोरीलाई पालनपोषण र शिक्षा दिँदै आएकी छन्। विद्यालयले सिमान्तलाई निःशुल्क पढाइरहेको विद्यालयका प्रधानाध्यापक एकबहादुर गुरुङले जानकारी दिइन्। 
जंगलका राजा कुसुन्डाकी छोरी सिमान्त पुरस्कृत

तनहुँ, चैत २७ : तनहुँकाे व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयमा अध्ययनरत लोपोन्मुख कुसुन्डाकि छोरी सिमान्तलाई विद्यालयले पुरस्कृत गरेको छ।

जंगलका राजा भनेर चिनिने कुसुण्डाकी छोरी सिमान्त कक्षा ७ बाट उत्तीर्ण भई कक्षा ८ पुगेको खुसीयालीमा पुरस्कृत गरेको हो। 

छोरी उत्तीर्ण भएपछि आमा इन्द्रमाया कुसुन्डाकी आमा खुसी भएकी छन्। सिमान्त उनकी एक मात्र सन्तान हुन्। वार्षिक नतिजा प्रकाशन गर्दै विद्यालयले सिमान्तलाई हौसला प्रदान गर्न पुरस्कृत गरेको हो।

Hardik ivf

विद्यालयका प्रधानाध्यापक एकबहादुर गुरुङ र विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका पदाधिकारीले संयुक्त पुरस्कृत गरेका हुन्। 

राजामा कुसुन्डाको २०७५ वैशाख ५ गते निधन भएपछि उनकी श्रीमती इन्द्रमाया कुसुन्डाले छोरीलाई पालनपोषण र शिक्षा दिँदै आएकी छन्। विद्यालयले सिमान्तलाई निःशुल्क पढाइरहेको विद्यालयका प्रधानाध्यापक एकबहादुर गुरुङले जानकारी दिइन्। 

कुसुन्डा लोपोन्मुख जातिमा पर्छ। तनहुँमा एक घर परिवार मात्रै कुसुन्डा छन्। इन्द्रमायाको परिवारलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले एक रोपनी जग्गा खरिद गरी व्यास–१० स्थित डिहीकुनामा तीन कोठे घर निर्माण गरिदिएपछि उक्त घरमा बस्दै आएकी छन्। 

इन्द्रमाया र छोरी सीमान्तले लोपोन्मुख जातिका रूपमा मासिक रु दुई हजार सामाजिक सुरक्षा भत्ता पाउनुहुन्छ। तर त्यसले आफ्नो आवश्यकता नपुग्ने इन्द्रमायाको गुनासो छ।  

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँकी निर्वतमान अध्यक्ष वसुन्धरा घर्तीले लोपोन्मुख जातिको संरक्षणमा सहयोग पुर्‍याउन इन्द्रमायालाई जागिरको व्यवस्था गर्नुपर्ने बताए। 

कसुन्डा जातीको संरक्षणको लागि प्रतिष्ठानले नै विसं २०६१ पुस ७ गते राजामाको विवाह इन्द्रमाया तामाङसँग गराइदिएको थियो। कुसुण्डा स्याउलाका एकपाखे छाना भएका अस्थायी टहरा बनाउँदै फिरन्ते रुपमा जंगलका विभिन्न ठाउँमा बसोबास गर्दथे। 

जंगली रूख बिरुवाका ठूलाठूला पात गाँसेर ओछ्याउने र ओढ्ने गर्थे । धनुषवाण, कालिग, गोहोरो, वन कुखुरा, मृग, स्याल लगायतको सिकार गर्दथे। वन तरुल, निगुरो, गिठा, भ्याकुर, सिप्लीगान जस्ता जंगलमा पाइने कन्दमूल तथा तरकारी खाएर जीवनयापन गर्ने गर्दथे।

जंगलमै बच्चा जन्माउने, स्वास्थ्य सुरक्षा नहुँदा बच्चा मर्ने जस्ता कारणले कुसुण्डा लोप हुँदै गएकाले तनहुँका कुसुन्डा परिवारलाई सामाजिक जीवनमा ल्याइएको हो।

प्रकाशित मिति: १३:०३ बजे, सोमबार, चैत २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्