Kathmandu Press

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक केहीबेर पछि सुरु हुनेछ। प्रतिनिधिसभा बैठकअघि सभामुख घिमिरेले समितिको बैठक बोलाएका हुन्।
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडाैं, चैत २७ : आज कार्यव्यवस्था परामर्श समितिको बैकठ बस्ने भएको छ। मंसिरको निर्वाचन पछि पहिलो पटक कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो।

सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक केहीबेर पछि सुरु हुनेछ। प्रतिनिधिसभा बैठकअघि सभामुख घिमिरेले समितिको बैठक बोलाएका हुन्।

कार्यव्यवस्था परामर्श समितिमा सभामुख, उपसभामुख, संघीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र सांसदहरू सदस्य हुने व्यवस्था छ।

बैठकमा संसदीय समिति गठन, संयुक्त समिति गठनका लागि नियमावली संशोधन र संसदमा विचाराधीन विधेयकहरूका विषयमा छलफल हुने बताइएको छ।

समिति गत चैत २३ गते मात्र गठन भएको थियो । समितिमा दलका तर्फबाट अजयकुमार चौरसिया, अनिता देवी, गंगाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ, नागिना यादव, पदम गिरी, प्रदिप यादव,  महेशकुमार बर्तौला, मेटमणि चौधरी, रमेश लेखक, रामप्रकाश चौधरी, रामहरि खतिवडा, रुपा सोशी (चौधरी), लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, सन्तोष परियार, सरिता प्रसाई, हितराज पाण्डे र ज्ञानबहादुर शाही सदस्य छन्।

प्रकाशित मिति: ११:२६ बजे, सोमबार, चैत २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्