Kathmandu Press

एसईईका विद्यार्थी चढेको जिप दुर्घटना, एकको मृत्यु, तीन घाइते

भीमदत्त राजमार्गअन्तरगत चुरे गाउँपालिकाको फल्टुडेमा सुपप्र ०१००१ ज १४२३ को जिप दुर्घटना हुँदा चुरे गाउँपालिका ६ बस्ने १८ वर्षीय भानु ठकुन्नाको मृत्यु भएको छ।
एसईईका विद्यार्थी चढेको जिप दुर्घटना, एकको मृत्यु, तीन घाइते

कैलाली, चैत २७ : कैलालीमा एसईई दिएर फर्किएका विद्यार्थी चढेको जिप दुर्घटना भएको छ। सो दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ।

भीमदत्त राजमार्गअन्तरगत चुरे गाउँपालिकाको फल्टुडेमा सुपप्र ०१००१ ज १४२३ को जिप दुर्घटना हुँदा चुरे गाउँपालिका ६ बस्ने १८ वर्षीय भानु ठकुन्नाको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।

उनी अत्तरियाको दुर्गालक्ष्मी माध्यमिक विद्यालय केन्द्रमा एसईई परीक्षा दिएर घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।

दुर्घटनमा तीन जना घाइते भएका छन्। घाइते हुनेमा चुरेकै १६ वर्षीय प्रकाश धामी, १७ वर्षीय हरिश धामी र १८ वर्षीया सरस्वती धामी छन्। उनीहरुको अत्तरियाको पद्यमा अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: ०८:५५ बजे, सोमबार, चैत २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्