पार्टीले भ्रष्टलाई राख्ने, जोगाउने तथा पाल्ने काम गर्दिन् : सभापति लामिछाने
पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि लामिछानेले आइतबार सामाजिक सञ्जालमा यस्तो सन्देश लेखेका हुन्।
काठमाडौं, चैत २७ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले भ्रष्टलाई राख्ने, जोगाउने तथा पाल्ने काम नगर्ने बताएका छन्। पैसाको लेनदेनको कुरा मात्र गर्दा पनि आफूहरु नसहने लामिछानेको भनाइ छ।
पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि लामिछानेले आइतबार सामाजिक सञ्जालमा यस्तो सन्देश लेखेका हुन्।
रास्वपा सांसद श्रेष्ठले स्वास्थ्यमन्त्री आफ्नो पार्टीले पाउन लागेको र आफू मन्त्री बन्न लागेको भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड मागेको उक्त अडियोमा सुनिएको छ ।
प्रकाशित मिति: ०७:५४ बजे, सोमबार, चैत २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)