Kathmandu Press

बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय लिनुपर्‍यो : मेयर बालेन 

उनले सरकारको असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर नै फोहोर नउठाइएको बताएका हुन्। केही दिनदेखि सिंहदरबारको फोहोर काठमाडौं महानगरले उठाएको छैन। केन्द्र सरकारले नजिकैको स्थानीय सरकार (काठमाडौं महानगर) सँग पनि समन्वय नगरेको मेयर शाह बताउँछन्। 
बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय लिनुपर्‍यो : मेयर बालेन 

काठमाडौं, चैत २७ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले बाध्य भएर सिंहदरबार भित्रको फोहोर नउठाउने निर्णय लिनुपरेको बताएका छन्।

उनले सरकारको असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर नै फोहोर नउठाइएको बताएका हुन्। केही दिनदेखि सिंहदरबारको फोहोर काठमाडौं महानगरले उठाएको छैन। केन्द्र सरकारले नजिकैको स्थानीय सरकार (काठमाडौं महानगर) सँग पनि समन्वय नगरेको मेयर शाह बताउँछन्। 

बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता, गैरजिम्मेवारी र लापरवाहीको अहिले सम्मको निष्कर्षको रुपमा फोहोर नउठाउने निर्णय भएको मेयर शाहले उल्लेख गरेका छन्।  काठमाडौं महानगरपालिकाको कार्यालयबाट ५०० मिटरको दूरीमा पर्ने भए पनि सिंहदरबारमा बस्ने सरकारसँग महानगर पुग्न धेरै कसरत गर्नुपर्ने शाहको भनाइ छ।  

उनले केही दिनअघि बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नुपरेको बताए। ‘त्यो लहडमा अनायासै गरिएको निर्णय थिएन। बारम्बार गरिएको प्रयासमाथिको वेवास्ता, गैरजिम्मेवारीपन र लापरवाहीको अहिलेसम्मको निष्कर्ष थियो,’ उनले भने, ‘संघीय सरकारले स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुश हुन्न। पटक पटकको कोसिसपछि ९ महिना पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरू कार्यान्वयन गर्न मुश्किल परेको अवस्था छ।’

प्रकाशित मिति: ०७:४५ बजे, सोमबार, चैत २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्