Kathmandu Press

तीन प्रदेशमा वर्षाको सम्भावना 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराई भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।
तीन प्रदेशमा वर्षाको सम्भावना 

काठमाडौं, चैत २७ : देशका केही भागमा आज वर्षा हुने भएको छ । तीनवटा प्रदेशमा वर्षाको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराई भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

विभागले जनाएअनुसार आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

पछिल्लो केही समययता देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मिति: ०७:१३ बजे, सोमबार, चैत २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्