Kathmandu Press

बागमती प्रदेशमा कांग्रेस सहभागी, दुई मन्त्रीले लिए शपथ

आइतबार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले आर्थिक मामिला तथा योजना मन्त्री र कांग्रेसकै तीर्थबहादुर लामाले खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रीको शपथ लिएका हुन् ।
बागमती प्रदेशमा कांग्रेस सहभागी, दुई मन्त्रीले लिए शपथ

काठमाडाैं, चैत २६ : बागमती प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएकाे छ। सरकारमा सहभागी हुँदै दुईजना मन्त्रीले शपथ लिएका छन् ।

आइतबार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले आर्थिक मामिला तथा योजना मन्त्री र कांग्रेसकै तीर्थबहादुर लामाले खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रीको शपथ लिएका हुन् ।

बागमतीमा एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि ७ वटा मन्त्रालय खाली रहेकाे छ । कांग्रेस नेताहरु सहभागी भएपछि पनि ५ मन्त्रालय मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँगै छ । 

प्रकाशित मिति: १९:३० बजे, आइतबार, चैत २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्