Kathmandu Press

मिटरब्याज पीडितकाे टाेली सानाे बनाउन आग्रह गर्दै १५ मिनेटमै सकियाे वार्ता

मिटरब्याज पीडितको वार्ता टोली १९ जनाको भएकाले टाेली सानो बनाउन सरकारी वार्ता टोलीले आग्रह गरेको छ ।
मिटरब्याज पीडितकाे टाेली सानाे बनाउन आग्रह गर्दै १५ मिनेटमै सकियाे वार्ता

काठमाडाैं, चैत २६ : मिटरब्याज पीडित र सरकारी टोलीबीचको वार्ता विना निश्कर्ष  टुङ्गिएकाे छ । 

आइतबार शान्तिवाटिकास्थित फल्चामा सुर भएकाे वार्ता दुई टोलीबीच परिचय भएपछि १५ मिनेटमै सकिएकाे हाे। मिटरब्याज पीडितले सरकारी वार्ता टोलीलाई ६ बुँदे मागपत्र बुझाएको छ । मिटरब्याज पीडितको वार्ता टोली १९ जनाको भएकाले टाेली सानो बनाउन सरकारी वार्ता टोलीले आग्रह गरेको छ ।

सरकारले भने गृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालाको संयोजकत्वमा टोली बनाएको छ ।

उक्त टोलीमा गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेत, उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र प्रहरी उपरीक्षक दिनेशराज मैनाली छन् ।

प्रकाशित मिति: १८:२७ बजे, आइतबार, चैत २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्