बागमती प्रदेश सरकारमा कांग्रेस सहभागी हुने

काठमाडाैं, चैत २६ : नेपाली कांग्रेस बागमती प्रदेश सरकारमा सहभागी हुने भएको छ । आइतबार कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा र प्रदेशसभा सदस्य तीर्थ लामाले आइतबार साँझ मन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको छ ।
बहादुरसिंह लामाले आर्थिक मामिला तथा योजना र तीर्थ लामाले खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्रालय सम्हाल्ने कांग्रेस स्रोतले जनाएको छ ।
बागमतीमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री छन् ।
मुख्यमन्त्रीलाई विश्वासको मत दिएको एकीकृत समाजवादीले भने मन्त्रिपरिषदमा नाम पठाएको छैन ।
एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि बागमती प्रदेशमा ७ वटा मन्त्रालय खाली छ । कांग्रेस नेताहरु सहभागी भएपछि पनि ५ मन्त्रालय मुख्यमन्त्रीसँगै रहनेछ ।
प्रकाशित मिति: १८:११ बजे, आइतबार, चैत २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









