शान्तिवाटिकामा मिटरब्याज पीडित र सरकारी टोलीबीच वार्ता सुरु
उनीहरुले मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध विभिन्न अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने लगायतका माग राखेका छन् ।
काठमाडाैं, चैत २६ : काठमाडाैंकाे शान्तिवाटिकास्थित फल्चामा मिटरब्याज पीडित र सरकारी टोलीबीच वार्ता सुरु भएको छ । ६ बुँदे मागपत्रसहित मिटरब्याज पीडितले आफ्ना माग पेश गरेका छन।
उनीहरुले मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध विभिन्न अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने लगायतका माग राखेका छन् ।
१८ चैतमा मिटरब्याज पीडितको एक समूहसँग सरकारले पाँच बुँदे सहमति गरे पनि उक्त सहमतिले माग सम्बोधन नहुने भन्दै २० चैतदेखि फेरि अर्को समूह आन्दोलनमा छन् ।
उनीहरुसँग वार्ता गर्न गृह मन्त्रालयले सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

प्रकाशित मिति: १८:०२ बजे, आइतबार, चैत २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)