Kathmandu Press

कर्णाली सरकारबाट बाहिरियो एमाले

एमालेबाट सरकारमा सहभागी मन्त्रीले मुख्यमन्त्री राजकुमार शर्मालाई आइतबार अपरान्ह राजीनामा बुझाएका छन्।
कर्णाली सरकारबाट बाहिरियो एमाले

सुर्खेत, चैत २६ : माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरिएको छ। एमालेबाट सरकारमा सहभागी मन्त्रीले मुख्यमन्त्री राजकुमार शर्मालाई आइतबार अपरान्ह राजीनामा बुझाएका छन्।

कर्णाली सरकारमा एमालेबाट विनोदकुमार शाह आर्थिक मामिला तथा योजना, टेकराज पछाई सामाजिक विकास र जीतबहादुर मल्ल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री थिए।

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै प्रतिपक्षमा रहेका कांग्रेस सरकारमा सहभागी हुने भएपछि एमालेले सरकार छाडेको हो।

शर्मा गत पुस २७ गते नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

राप्रपाले राष्ट्रपति निर्वाचतमा सत्ता समीकरण बदलिएसँगै कर्णाली प्रदेश सरकार छाडेको थियो। राप्रपाले सरकार छाडेपछि दोस्रो पटक पनि एमालेले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएको थियो।

४० सदस्यीय कर्णली प्रदेश सभामा कांग्रेसका १४,  माओवादीका १३, एमालेका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी र स्वतन्त्र १/१ सांसद छन् ।

प्रकाशित मिति: १७:५३ बजे, आइतबार, चैत २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्