अर्थतन्त्रमा देखिएका समस्यालाई सुधार गरेर अघि बढ्नुपर्छ : अर्थमन्त्री महत
उनले मुलुकको अर्थतन्त्रमा चाँडै नै सकारात्मक परिवेश सिर्जना हुने दाबी गरे। उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकको सहकार्यमा अर्थतन्त्र सुधारका लागि आवश्यक मौद्रीक नीतिमा ध्यान दिइने बताए।
काठमाडाैं, चैत २६ : अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्याहरुलाई सुधार गरेर नै अघि बढ्नुपर्ने बताएका छन्।
आइतबार सिंहदरबारमा आर्थिक मिडिया संचालक संघसंगको छलफलका क्रममा अर्थमन्त्री महतले राजस्वको आन्तरिक र बाह्य समस्याका कारण राजस्व न्युन भएको अवस्थामा अर्थतन्त्रमा देखिएका समस्याहरुलाई सुधार गरेर नै अघि बढ्नुपर्ने बताएका हुन्।
उनले मुलुकको अर्थतन्त्रमा चाँडै नै सकारात्मक परिवेश सिर्जना हुने दाबी गरे। उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकको सहकार्यमा अर्थतन्त्र सुधारका लागि आवश्यक मौद्रीक नीतिमा ध्यान दिइने बताए।
साधारण खर्चलाई कम गर्ने र पूँजीगत खर्चलाई उत्पादनशील क्षेत्रमा खर्च गर्ने योजना रहेको उनले बताए। अर्थमन्त्री महतले बजेट आउन थोरै समय बाँकी रहेका बेला सरोकारवाला सबै निकायसँग छलफल गरेर काम गर्ने जिकिर गरे।
उनले स्वदेशी र वैदेशिक लगानीको वातावरण बनाउँदै आम्दानीको दायरालाई बढाउने सरकारको लक्ष्य रहेको बताए।

-1784896419.png)