Kathmandu Press

अडियो प्रकरण : ढाकाकुमार श्रेष्ठलाई २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न रास्वपाकाे निर्देशन

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई २४ घण्टे स्पष्टीकरण सोधिएको रास्वपाका महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए।
अडियो प्रकरण : ढाकाकुमार श्रेष्ठलाई २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न रास्वपाकाे निर्देशन

काठमाडौं, चैत २६ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद डा. ढाकाकुमार श्रेष्ठलाई २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई २४ घण्टे स्पष्टीकरण सोधिएको रास्वपाका महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए।

उनले आज (आइतबार) दिउँसो एक विज्ञप्ति जारी गरेर पार्टीको अनुशासन तथा आचरण समितिमा स्पष्टीकरण बुझाउन श्रेष्ठलाई निर्देशन दिएका छन्।

श्रेष्ठमाथि छानबिन गरी प्रतिवेदन पेस तीन दिनभित्र पेस गर्न अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको पनि ढकालले बताएका छन्।

 ‘डा. श्रेष्ठको स्वरमा स्वास्थ्यमन्त्री बन्न पैसा दिनुपर्छ भन्ने संवाद रहेको उक्त टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छाननि गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन समितिलाई निर्देशन दिइएको छ’ विज्ञप्तिमा भनिएको छ।

छानबिन पूरा नहुन्जेल श्रेष्ठलाई पार्टीको साधारण सदस्यको हैसियतमा समेत काम नगर्न भनिएको छ।

प्रसाइसँग गरेको कुराकानी अडियोमा मन्त्री बन्ने भए साढे २ करोड बुझाउन पार्टी भनी सभापति रवि लामिछानेले भनेको श्रेष्ठले बताएका छन्।

प्रसाईंले दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिने आश्वासन दिएर आफ्नो काम गरिदिनुपर्ने सर्त राखेका छन्। उक्त अडियो आजै सार्वजनिक भएको हो। 

प्रकाशित मिति: १७:१९ बजे, आइतबार, चैत २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्