Kathmandu Press

रौतहटको मानपुरमा भीषण आगलागी, तीन दर्जन घर जलेर नष्ट

रौतहटको मानपुरमा भीषण आगलागी, तीन दर्जन घर जलेर नष्ट

रौतहट, चैत २६ : रौतहटको माधवनारायण नगरपालिका–४ विसुनपुर्वा मानपुरमा भीषण आगलागी भएको छ।

स्थानीय जिउत मुखियाको घरबाट सल्किएको आगोका कारण तीन दर्जनजति घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आइतबार दिउँसो २ बजे मुखियाको घरमा खाजा बनाउन चुलोमा बालेको आगोले उनको घरमा आगलागी भएपछि तीव्र हावाका कारण क्षणभरमै छिमेकीको घरहुँदै बस्तीमा फैलिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रका अनुसार आगो नियन्त्रणमा लिन स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा चन्द्रपुर र गौर नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

आगलागीका कारण मानवीय क्षति नभएको जनाइए पनि क्षतिको विस्तृत विवरण आइनसकेको प्रजिअ मिश्रको भनाइ छ।

प्रकाशित मिति: १६:५९ बजे, आइतबार, चैत २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्