सन्दीप लामिछानेको मुद्दामा बकपत्र गराउन आदेश
जिल्ला न्यायाधीश शंकरराज बरालको इजलासले क्रिकेट खेलाडी साहब आलम र जाहेरीकर्ताको मेडिकल जाँच गर्ने डाक्टरको बकपत्र लिन आदेश दिएको हो।
काठमाडौं, चैत २६ : क्रिकेट खेलाडी सन्दीप लामिछानेको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले दुई व्यक्तिको बकपत्र गराउन आदेश दिएको छ।
जिल्ला न्यायाधीश शंकरराज बरालको इजलासले क्रिकेट खेलाडी साहब आलम र जाहेरीकर्ताको मेडिकल जाँच गर्ने डाक्टरको बकपत्र लिन आदेश दिएको हो।
क्रिकेटर आलम सन्दीपका साथी हुन्। अब आलमले पनि अदालतमा उपस्थित भएर बकपत्र गर्नुपर्ने छ।
बहसका क्रममा पीडित तर्फका कानुनव्यवसायीले मेडिकल टिमका मुख्य डाक्टरको बकपत्र गराउनुपर्ने माग इजलास समक्ष गरेका थिए।
अभियोजनकर्ता सरकारी वकिलले पनि सोही कुरा उठाएपछि माग वमोजिम इजलासले आदेश दिएको हो। यसअघि सहयोगी डाक्टरको मात्र बकपत्र गराइएको थियो।
प्रकाशित मिति: १६:१८ बजे, आइतबार, चैत २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









