Kathmandu Press

बालेनकाे निर्देशनपछि काठमाडौं महानगरले उठाएन सिंहदरबारको फाेहाेर

महानगरपालिकाको काममा सिंहदरबारले असहयोग गरेको आरोप लगाउँदै शनिबार मेयर शाहले फोहोर नउठाउने भनी सामाजिक सञ्जालमार्फत घोषणा गरेको भाेलिपल्ट आइतबारबाट त्यहाँ फोहोर उठ्न छाडेको हो।
बालेनकाे निर्देशनपछि काठमाडौं महानगरले उठाएन सिंहदरबारको फाेहाेर

काठमाडों, चैत २६ : मेयर बालेन्द्र (बालेन) शाहको निर्देशनपछि काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर उठाउन छाडेको छ। आज (आइतबार) कार्यालय समयअघि नै उठ्नुपर्ने सिंहदरबारको फोहोर त्यही नै थुप्रिरहेकाे छ।

महानगरपालिकाको काममा सिंहदरबारले असहयोग गरेको आरोप लगाउँदै शनिबार मेयर शाहले फोहोर नउठाउने भनी सामाजिक सञ्जालमार्फत घोषणा गरेको भाेलिपल्ट आइतबारबाट त्यहाँ फोहोर उठ्न छाडेको हो।

मेयर बालेनको त्यही घोषणालाई आधार मानेर सिंहदरबारको फोहोर महानगरले नउठाएको जनाइएको छ।

फोहोर बन्द भएपछि सरकारले मेयर शाहसँग वार्ता गर्ने तयारी थालेको बुझिएको छ। अत्यावश्यक सेवामा बन्दहडताल गर्न नहुने कानुनी व्यवस्था छ। तर पनि मेयर शाहले फोहोर संकलनमा रोक लगाउनुभएको छ ।

मेयर शाहले सामाजिक सञ्जालमा लेखेका थिए ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ।’

प्रकाशित मिति: १६:०२ बजे, आइतबार, चैत २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्