बिस्केट जात्राको लागि रथ निर्माण अन्तिम चरणमा (तस्बिरहरू)
भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक विस्केट जात्रा सुरु हुँनै लाग्दा रथ निर्माण अन्तिम चरणमा पुगेको हो। भक्तपुरको प्रसिद्ध पाँचतल्ले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरबनाथको रथ तान्ने क्रमको सुरुवातसँंगै जात्रा सुरु हुनेछ।
भक्तपुर, चैत २६ : भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक बिस्केट जात्राको लागि रथ निर्माण अन्तिम चरणमा पुगेको छ।
प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरुहुदैछ।
प्रत्येक वर्ष नयाँं वर्षको चार दिन अगाडिदेखि प्यागोडा शैलीमा बनाइएको तीन तल्ले भैरवनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ।
भैरवनाथको रथ तानेर सुरु हुने जात्रा वैशाख ५ गते पाँंचतल्ले मन्दिर अगाडि नै रहेको भैरबनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ। भक्तपुरको विस्केट जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु रहेको छ।
साथै मध्यपुर थिमिमा मनाइने सिन्दुरे जात्रा र जिव्रो छेड्ने जात्रा पनि प्रख्यात छ।












प्रकाशित मिति: १४:३१ बजे, आइतबार, चैत २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









