Kathmandu Press

राष्ट्रपतिकाे प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

उनी सूचना आयोगका पूर्वआयुक्तसमेत हुन्।
राष्ट्रपतिकाे प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

काठमाडौं, चैत २६ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त गरेका छन्।

नेपाल प्रेस युनियनका पूर्वअध्यक्षसमेत रहेको पोखरेललाई राष्ट्रपति पौडेलले आज (आइतबार) प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन्। उनी सूचना आयोगका पूर्वआयुक्तसमेत हुन्।

प्रेस संयोजकका भने यसअघि नै खिला कार्की नियुक्त भइसकेका छन्। त्यसैगरी राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा सुनीलबहादुर थापा, कानुनी सल्लाहकारमा बाबुराम कुँवर छन्।

परराष्ट्र सल्लाहकारमा डा. सुरेशचन्द्र चालिसे, आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी पौडेल, निजी सचिवमा चिरञ्जीवी अधिकारी पनि नियुक्त भइसकेका छन्।

प्रकाशित मिति: १४:२० बजे, आइतबार, चैत २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्