Kathmandu Press

दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो बाहिरिएपछि सांसद श्रेष्ठलाई निलम्बन गर्ने रास्वपाकाे तयारी

रास्वपाको समानुपातिक कोटाबाट सांसद बनेका श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको भन्दै दुर्गा प्रसाईसँग पार्टीलाई रकम बुझाउन भन्दै २ करोड मागेको अडियो सार्वजनिक भएको थियो।
दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो बाहिरिएपछि सांसद श्रेष्ठलाई निलम्बन गर्ने रास्वपाकाे तयारी

काठमाडौं, चैत २६ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठलाई निलम्बनकाे तयारी गरेको छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई कारबाही गर्दै निलम्बनकाे तयारी गरेको हो।

सांसद श्रेष्ठलाई निलम्बन गरिने र उनीमाथि थप छानबिन हुने रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले बताएका छन्।

रास्वपाको समानुपातिक कोटाबाट सांसद बनेका श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको भन्दै दुर्गा प्रसाईसँग पार्टीलाई रकम बुझाउन भन्दै २ करोड मागेको अडियो सार्वजनिक भएको थियो।

मन्त्री बन्ने भए साढे २ करोड बुझाउन पार्टी सभापति रवि लामिछानेले भनेकाे बताउँदै सांसद श्रेष्ठले प्रसाइसँग गरेको कुराकानी अडियाेमा सुनिन्छ ।

छानबिनपछि दोषी ठहरिए उनको सांसद पद पनि जान सक्ने बताइएको छ।

प्रकाशित मिति: १४:११ बजे, आइतबार, चैत २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्