Kathmandu Press

धौलागिरि बेसक्याम्पमा हेली एभरेस्टको हेलिकोप्टर दुर्घटना

धौलागिरि बेसक्याम्पबाट पोखरा फर्कन लागेको अवस्थामा उक्त हेलिकोप्टर आज (आइतबार) दुर्घटनामा परेको हो।
धौलागिरि बेसक्याम्पमा हेली एभरेस्टको हेलिकोप्टर दुर्घटना

काठमाडौं, चैत २६ : धौलागिरि बेसक्याम्पमा हेली एभरेस्टको हेलिकोप्टर दुर्घटनामा परेको छ।

धौलागिरि बेसक्याम्पबाट पोखरा फर्कन लागेको अवस्थामा उक्त हेलिकोप्टर आज (आइतबार) बिहान ११ बजेतिर दुर्घटनामा परेको हो।

उक्त हेलिकोप्टर एकजना पाइलट रहेको जनाइएको छ। पाइलट प्रिया अधिकारीलाई उद्धार गरेर पोखरा ल्याइँदै गरेको र उनी सकुशल रहेको बताइएकाे छ। डाइनेस्टी एयरले उनकाे उद्धार गरेकाे बुझिएकाे छ।

धौलागिरि बेसक्याम्पमा ल्यान्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको तर  पूर्ण विवरण आउन बाँकी रहेकाे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणका पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए।

प्रकाशित मिति: १३:१९ बजे, आइतबार, चैत २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्