Kathmandu Press

प्रधानमन्त्री दाहालले भेटे एमालेका सचिव लेखराज भट्ट

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन धनगढी पुगेका प्रधानमन्त्री दाहाल भट्टलाई भेट्न विमानस्थलबाट सीधै भट्ट निवास पुगेका थिए। 
प्रधानमन्त्री दाहालले भेटे एमालेका सचिव लेखराज भट्ट

काठमाडौं, चैत २६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका सचिव लेखराज भट्टलाई भेटेका छन्।

दाहाल आज (आइतबार) भेटका लागि कैलालीको गोदाबरी नगरपालिका-१ अत्तरियास्थित भट्टकै निवासमा पुगेका थिए।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन धनगढी पुगेका प्रधानमन्त्री दाहाल भट्टलाई भेट्न विमानस्थलबाट सीधै भट्ट निवास पुगेका थिए। 

उनीहरुबीच केहीबेर भेटवार्ता चलेको थियाे। माओवादीबाट एमाले प्रवेश गरेका भट्टलाई प्रधानमन्त्री प्रचण्डले पहिलोपटक घरमै पुगेर भेटेका हुन्।

द्वन्द्वकालीन समयमा भट्ट प्रचण्डसँग अत्यन्तै निकट नेताका रुपमा चिनिन्थे। प्रचण्ड भट्टकै निवासमा पुगेर भेटेको विषयलाई अर्थपूर्ण रुपमा लिइएको छ।
 
प्रकाशित मिति: १२:४२ बजे, आइतबार, चैत २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्