Kathmandu Press

किताब र पोसाक बेच्ने विद्यालयलाई कारबाही गर्ने मेयर बालेनको चेतावनी

विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ विपरीत भएको मेयर शाहको भनाई छ । उनले सबै विद्यालयहरूलाई निर्देशिकाअनुसार काम गर्नसमेत अनुरोध समेत गरेका छन् । 
किताब र पोसाक बेच्ने विद्यालयलाई कारबाही गर्ने मेयर बालेनको चेतावनी

काठमाडौं, चैत २६ : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरूले किताब र पोसाक बेचेको गुनासो आएको भन्दै त्यस्ता विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएका छन् । 

‘विद्यालय आफैंले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक पटक आइरहेको छ,’ मेयर शाहले आज फेसबुकमा लेख्दै भनेका छन्, ‘यस्तो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको स्मरण गराइन्छ।’ 

विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ विपरीत भएको मेयर शाहको भनाई छ । उनले सबै विद्यालयहरूलाई निर्देशिकाअनुसार काम गर्नसमेत अनुरोध समेत गरेका छन् । 

महानगरको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले गत चैत १७ मै परिपत्र गर्दै किताब विद्यालयले नबेच्न र पोसाक तोकिएकै ठाउँमा किन्न अभिभावकलाई बाध्य नपार्न आग्रह गरेका थिए। महानगरले किताब बेच्ने विद्यालयलाई कारबाही गर्नेसमेत चेतावनी दिएको छ।

340620820_1866055840460645_4644717812871236630_n1681008013.jpg

प्रकाशित मिति: ०८:२४ बजे, आइतबार, चैत २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्