Kathmandu Press

पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) देशका केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना छ भने केही ठाउँमा मेघ गर्जन तथा चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना छ।  
पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं, चैत २६ : जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) देशका केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना छ भने केही ठाउँमा मेघ गर्जन तथा चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना छ।  

आइतबार दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहने छ। 

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: ०७:२८ बजे, आइतबार, चैत २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्