जानकी मन्दिरमा उपराष्ट्रपतिले गरे विशेष पूजा
सिरहामा आयोजना हुने कार्यक्रममा सरिक हुन जनकपुरधाम आएका बेला उपराष्ट्रपति यादवले जानकी मन्दिरमा विशेष पूजा गरेका हुन्।
जनकपुर, चैत २५ : जनकपुरधामको जानकी मन्दिरमा उपराष्ट्रपति रामसहाय यादवले शनिबार विशेष पूजा गरेका छन् ।
उपराष्ट्रपति यादवलाई जानकी मन्दिरमा महन्थ रामरोशन दास वैष्णवसहितका साधुसन्तले स्वागत गरेका थिए। उपराष्ट्रपति यादवलाई उत्तराधिकारी महन्थ रामरोशन दासले मन्दिरका बारेमा जानकारी पनि गराएका थिए।
सिरहामा आयोजना हुने कार्यक्रममा सरिक हुन जनकपुरधाम आएका बेला उपराष्ट्रपति यादवले जानकी मन्दिरमा विशेष पूजा गरेका हुन्।
सो अवसरमा प्रदेश प्रमुख हरिशंकर मिश्र, मधेस प्रदेश सरकारका सामाजिक विकासमन्त्री सुरिताकुमारी साह, प्रदेशसभाका सदस्य रामअशिष यादव, धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल अन्य सुरक्षा निकायका प्रमुख सहभागी भएका थिए।
प्रकाशित मिति: २०:४२ बजे, शनिबार, चैत २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











