‘स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गरौं’
चुनावीसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू स्वच्छ राजनीति गर्न सदैव सक्रिय रहेको उल्लेख गरे।
तनहुँ, चैत २५ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचनमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताएका छन्।
तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू स्वच्छ राजनीति गर्न सदैव सक्रिय रहेको उल्लेख गरे।
‘हामी स्वच्छ राजनीति गर्न चाहन्छौं, अरुलाई पनि हामी यही आह्वान गर्छौं । कुनै पनि उम्मेदवारविरुद्ध दुर्भाव छैन। सबैलाई यही आह्वान गर्छौं,’ उनले भने।
उलने लोकतन्त्रको सुन्दर पक्ष भनेको प्रतिस्पर्धा भएकाले यो सुुन्दर पक्षलाई सबैले अवलम्बन गर्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति: १९:३७ बजे, शनिबार, चैत २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











