सभामुख–तीन शीर्ष नेताबीच के–के भयो छलफल ?
शनिबार भएको शीर्ष नेताबीचको छलफलमा प्रधानमन्त्री पुष्पकमल दहालले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउन प्रस्ताव गरेका थिए। तर, दाहालको सो प्रस्तावमा प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीले अस्वीकार गरे।
काठमाडौं, चैत २५ : सभामुख देवराज घिमिरेको पहलमा तीन ठूला दलका शीर्ष नेताबीच शनिबार छलफल भएको छ।
शनिबार भएको शीर्ष नेताबीचको छलफलमा प्रधानमन्त्री पुष्पकमल दहालले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउन प्रस्ताव गरेका थिए। तर, दाहालको सो प्रस्तावमा प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीले अस्वीकार गरे।
प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो सम्पन्न गर्नका लागि यससम्बन्धी कानूनलाई फास्ट ट्र्याकबाट अघि बढाउन प्रस्तावमा ओलीले यस बिषयमा विस्तृत छलफल आवश्यक हुने भन्दै समितिबाटै अघि बढाउनुपर्नेमा जोड दिएको बताइएको छ।
बैठकपछि प्रधानमन्त्री दहालले संक्रमणकालीन न्याय सम्बन्धी, संवैधानिक परिषद् र सम्पती शुद्धिकरण सम्बन्धी विधेयकलाई छिटो टुङ्गो लगाउने विषयमा छलफल भएको बताए।
उनले आफुहरुले फास्ट ट्र्याकबाट अघि बढाउन भनेको र प्रतिपक्षीले भने समितिमा लैजानु पर्नेमा जोड दिएको उल्लेख गरे।
त्यस्तै एमाले अध्यक्ष ओलीले संसदलाई सहज रुपमा अघि बढाउने लगायतका विषयमा सकारात्मक कुराकानी भएको बताए। उनले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक फास्ट ट्याकभन्दा पनि समितिमा लैजानु पर्ने बताए।
त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले सकारात्मक छलफल भएको जानकारी दिए।
सभामुख घिमिरेले नेताहरूको बीचमा सबै बिषयमा सहमति खोज्नका लागि छलफल भएको बताए। उनले सबै विषयमा सकारात्मक छलफल भएको बताए।
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई अघि बढाउने बिषयमा चैत्र २८ गते पुन बैठक बस्ने नेताहरुले जनाएका छन् ।











