Kathmandu Press

२४ घन्टामा ६४ जना कोरोना संक्रमित

एक हजार एक सय ७० स्वाब परीक्षण गर्दा ६४ जनामा संक्रमण पुष्टी भएको हो ।
२४ घन्टामा ६४ जना कोरोना संक्रमित

काठमाडौं, चैत २५ : पछिल्लो २४ घन्टामा नेपालमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। एक हजार एक सय ७० स्वाब परीक्षण गर्दा ६४ जनामा संक्रमण पुष्टी भएको हो ।

२४ घन्टामा १६८ नमुनाको पिसिआर परीरण गर्दा ४१ र एक हजार दुई नमुनाको ‘एन्टिजेन’ परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको हो। यो अवधिमा देशभर ५७ जना कोरेना संक्रमण मुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभरमा तीन सय ५७ संक्रिय संक्रमित छन् । जसमध्ये १५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् भने १५ जनाको आईसीयू र ५ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति: १८:०६ बजे, शनिबार, चैत २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्