Kathmandu Press

ह्याम्स अस्पतालकाे हेलिप्याडमा हेलिकप्टर दुर्घटना

ह्याम्स अस्पतालकाे हेलिप्याडमा हेलिकप्टर दुर्घटना

काठमाडौं, चैत २५ : काठमाडौंको मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा हेलिकप्टर दुर्घटना भएको छ।

अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा एयरनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको हो।

हेलिकप्टरको पछाडिको पुच्छरको पंखा उछिट्टिएको छ। उछिट्टिएको  पंखा नजिकैको घरको छानामा खसेको बताइएको छ।

दुर्घटनाबाट कुनै मानवीय क्षति नभएको र पाइलट सकुशल रहेको त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बताएको छ। दुर्घटनाबारे थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ। स्रोतका अनुसार हेलिकप्टरमा प्राविधिक समस्या देखिएकाले दुर्ङटना भएको हो।

भरतपुरमा बिरामी लिन जाने क्रममा डाक्टर लिन हेलिकप्टर ह्याम्स हस्पिटल पुगेको थियो। 
 

प्रकाशित मिति: १५:५२ बजे, शनिबार, चैत २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्