Kathmandu Press

बिमलको नयाँ गीत ‘घर त पर हो’ सार्वजनिक

शब्द, लय र स्वर उनकै रहेको उक्त गीतमा टीकाकुमारी क्षेत्रीले साथ दिएकीछन्। भिडियोको निर्देशन उदिराम खड्काले गरेका छन् भने अभिनय कविता गलाल, उदिराम खड्का, टीकाकुमारी क्षेत्री र गायक क्षेत्रीको रहेको छ।
बिमलको नयाँ गीत ‘घर त पर हो’ सार्वजनिक

काठमाडाैं, चैत २५ : नेपाली लोकसंगीतका गायक तथा सर्जक विमलराज क्षेत्रीको नयाँ गीत सार्वजनिक भएको छ। क्षेत्रीले ‘घर त पर हो’ बोलको गीत बिमलराज क्षेत्री नामक युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्। गीतमा उनको आफ्नै शब्द, संगीत, स्वर रहनुका साथै भिडियोमा अभिनय पनि गरेका छन्।  

डेढ दशकअघि नेपाली लोकसङ्गीत उनका गीतले लोकप्रियताले शिखर छोएका थिए। क्षेत्रीका हरेक गीतले श्रोता र दर्शकको मन जितेको थियो। क्षेत्रीले १५ वर्षपछि ‘घर त पर हो’ बोलको गीत सार्वजनिक गरेको जानकारी दिए। 'म सङ्गीतको साधनामा नै थिएँ। हराएको चाहिँ होइन। अब निरन्तर लोकगीत बजारमा ल्याउँछु', उनले भने। 

Hardik ivf

दुई दशकअघि ‘बल्लै भो भेट’ गीतबाट चर्चामा आएका क्षेत्रीको रानीघाटैमा, मधुबनैमा, जापान टोकियो, ए हजुर एक्लो परानी, हिमाल सेतै छलगायत दर्जन बढी गीतले श्रोता माझ बलियो स्थान जमाउन सफल भएका थिए। पर्वत घर भएका क्षेत्रीले गीतसङ्गीतका साथै प्रशान्ति क्यासेट सेन्टर पनि सञ्चालन गरेका थिए। 

'विसं २०६४ सालमा अन्तिम पटक मेरो आफ्नै लय, शब्द र स्वरमा ‘डुल्छु रन वन’ गीतमा मोडलिङ गरेको थिएँ। अहिले १५ वर्षको अन्तरालमा ‘घर त पर हो’ गीतबाट फेरि अभिनयमा फर्केको छु', उनले भने, 'यात्रा सहज नहुँदो रहेछ। चर्चा र लोकप्रियता शेयर बजारजस्तो हुँदो रहेछ। कहिले हरियो त कहिले रातो। भाइरलभन्दा पनि आउँदो पुस्ताले स्वीकार्न सक्ने सृजना दिनुपर्छ भन्ने लाग्छ।'

शब्द, लय र स्वर उनकै रहेको उक्त गीतमा टीकाकुमारी क्षेत्रीले साथ दिएकी छन्। भिडियोको निर्देशन उदिराम खड्काले गरेका छन् भने अभिनय कविता गलाल, उदिराम खड्का, टीकाकुमारी क्षेत्री र गायक क्षेत्रीको रहेको छ।

प्रकाशित मिति: १५:१९ बजे, शनिबार, चैत २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्