Kathmandu Press

मुलुककाे आर्थिक तथा सामाजिक विकासमा अनेक चुनौती देखिएका छन् : सभामुख

लायन्स क्लबले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले ठुलो राजनीतिक परिवर्तन गरेर अहिलेको अवस्थामा आइपुगेपनि अहिले आर्थिक तथा सामाजिक विकास गर्नका लागि अनेक चुनौतीहरु देखापरेको बताएका हुन्।
मुलुककाे आर्थिक तथा सामाजिक विकासमा अनेक चुनौती देखिएका छन् : सभामुख

काठमाडाैं, चैत २५ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आर्थिक तथा सामाजिक विकास गर्न अनेक चुनौतीहरु देखापरेको बताएका छन्।

लायन्स क्लबले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले ठुलो राजनीतिक परिवर्तन गरेर अहिलेको अवस्थामा आइपुगे पनि अहिले आर्थिक तथा सामाजिक विकास गर्नका लागि अनेक चुनौतीहरु देखापरेको बताएका हुन्।

उनले अहिलेको प्रणाली र प्रणालीलाई नेतृत्व गरेका नेताहरुलाई कुर्सीका लागि मात्रै होडबाजी हो कि भन्ने आशंका समाजवाट भइरहेको जिकिर गरे। त्यस्तै उनले पदका लागि नभई सेवाभावका लागि अघि बढ्न लायन्सलाई सुझाव दिए।

उनले क्लबमार्फत समाजलाई आइपरेका बिपत्तीहरुमा महत्वपूर्ण भूमिका खेलेको भन्दै यसलाई निरन्तरता दिन सुझाव दिए। सभामुख घिमिरेले अन्धोपन हटाउनका साथै शिक्षा र स्वास्थ्यको बिकासमा लायन्स क्लवले खेलेको भूमिकाको प्रसंशा गरे। 

प्रकाशित मिति: १४:५१ बजे, शनिबार, चैत २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्