Kathmandu Press

चितवन कांग्रेसको विद्रोही पक्ष जितनारायणको पक्षमा

मंसिर ४ को निर्वाचनमा विद्रोह गरेका कांग्रेस नेताहरू चितवन–२ का उम्मेदवार श्रेष्ठको पक्षमा खुलेका हुन् । श्रेष्ठलाई जिताउन सामुहिक अपील जारी गर्दै सहयोगी भूमिकामा देखिएका हुन्।
चितवन कांग्रेसको विद्रोही पक्ष जितनारायणको पक्षमा

चितवन, चैत २४ : वैशाख १०मा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसको विद्रोही पक्ष चितवन २का कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठको पक्षमा एकढिक्का देखिएको छ।

मंसिर ४ को  निर्वाचनमा विद्रोह गरेका कांग्रेस नेताहरू चितवन–२ का उम्मेदवार श्रेष्ठको पक्षमा खुलेका हुन् । श्रेष्ठलाई जिताउन सामुहिक अपील जारी गर्दै सहयोगी भूमिकामा देखिएका हुन्।

विद्रोही कंग्रेस एक ठाउँमा उभिएपछि आगामी वैशाख १० गते हुने चितवन उपनिर्वाचनको परिस्थितिमा बदलाब आउने आँकलन गरिएको छ।

गत निर्वाचनमा चितवन–३ बाट गठबन्धनविरुद्ध उम्मेदवारी दिएका दिनेश कोइराला, विद्रोह गरेका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मीना खरेलले श्रेष्ठको पक्षमा मत मागिरहेका छन्।

विद्रोही नेताहरूले श्रेष्ठलाई जिताउन अपील गर्दै संयुक्त विज्ञप्ति समेत निकालेका छन् । संयुक्त अपीलमा कांग्रेस कमजोर हुँदा देश समस्यामा फस्छ भन्ने प्रमाणित भएको उल्लेख छ । कांग्रेस उम्मेदवारलाई जिताउन एक ढिक्का हुने अपीलमा उल्लेख छ।

337429584_6147178982006509_2105835516993079309_n1680943991.jpg

प्रकाशित मिति: १४:३७ बजे, शनिबार, चैत २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्