Kathmandu Press

युवालाई स्वदेशमै रोजगार दिने नीति ल्याउनुपर्छ : प्रदीप पौडेल

नेता पौडेलले युवालाई देशमै रोगारी दिनु पर्ने बताउँदै त्यसका लागि रोजगारी सिर्जना गर्न सही नीति ल्याउनुपर्ने बताए।
युवालाई स्वदेशमै रोजगार दिने नीति ल्याउनुपर्छ : प्रदीप पौडेल
फाइल तस्बिर ।

काठमाडाैं, चैत २५ : नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप पौडेलले युवालाई स्वदेशमै रोजगार दिने नीति ल्याउनु पर्ने बताएका छन्।

काठमाडौंमा एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले युवालाई देशमै रोगारी दिनु पर्ने बताउँदै त्यसका लागि रोजगारी सिर्जना गर्न सही नीति ल्याउनुपर्ने बताए।

पौडेलले अहिले पनि नेपाली युवाले देशमै पसिना बगाउने वातावरण नभएको पनि बताए । ‘नेपाली युवा देशमा बेरोजगार छन्, उनीहरु खाडीमा जोखिमपूर्ण काम गर्न बाध्य छन्,’ उनले भने, ‘यहाँ काम गर्न खोज्यो भने पनि पाउँदैन, उसले पसिना यहीँ बगाउन चाहन्छ तर त्यो वातावरण छैन ।’

उनले कुनै नीति ल्याउँदा संसदमा पक्ष–विपक्ष हुने गरेको बताउँदै सबैको पक्षमा हुने नीति ल्याउन छलफल हुनुपर्ने बताए । उनले भने, ‘अब संसदमा एकअर्काको विरोध गर्नु व्यर्थ छ। चाहिएको विषयमा छलफल गरी त्यसलाई कार्यान्वयन गर्नेबारे छलफल हुनुपर्छ।’

अबको २० वर्षपछि नेपालमा ५५ वर्षभन्दा माथिका उमेर समूह अर्थात निष्क्रिय जनशक्तिको उपस्थिति धेरै हुने भएकोले सक्रिय जनशक्ति बढी भएको वर्तमान समयमै सोच्नु पर्ने उनले बताए ।

 

प्रकाशित मिति: १२:१३ बजे, शनिबार, चैत २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्