Kathmandu Press

पाटन संयुक्त क्याम्पसमा १४ वर्षपछि स्ववियु निर्वाचन

पाटन संयुक्त क्याम्पसमा १४ वर्षपछि स्ववियु निर्वाचन

ललितपुर, चैत २५ : त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचन अन्तर्गत आज मतदान भइरहेको छ।

शनिबार बिहान ८ बजेबाट मतदान सुरू भएको हाे। 

पाटनमा यसअघि चैत ५ गतेका लागि तय गरिएको स्ववियु निर्वाचन विद्यार्थी संगठनको आन्तरिक विवादका कारण रोकिएको थियो।

पाटन क्याम्पसमा १४ वर्षपछि स्ववियु निर्वाचन हुन लागेको हो। पाटनमा पछिल्लोपटक २०६५ मा स्ववियु निर्वाचन भएको थियो। 

७ हजार भन्दा बढी विद्यार्थी रहेको पाटनमा यसपालि विभिन्न विद्यार्थी संगठन र स्वतन्त्री गरी ६ जना स्ववियु सभापतिका उम्मेदवार छन्। 

प्रकाशित मिति: ०९:३० बजे, शनिबार, चैत २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्