Kathmandu Press

नक्कली नोटसहित एक जना पक्राउ

नक्कली नोटसहित एक जना पक्राउ

सर्लाही, चैत २५ : प्रहरीले सर्लाहीको बरहथबाट नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। बलरा नगरपालिका अर्नाहाका ३० वर्षीय राम प्रसाद रायलाई दुई लाख ६८ हजार नक्कली नोटसहित पक्राउ गरेको हो।

रायले चलाएको बि आर ३० एम ३८२५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले उनको झोलाबाट एक हजारको दरको २६८ वटा नक्कली नोट फेला पारेको थियाे। 

साथै, इलका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले उनको साथबाट कागजको बन्डल २४ थान, प्रिन्टर पेपर २ रिम, पत्रिका १ थानसहति मोटरसाइकल बरामद गरेको छ।  

प्रकाशित मिति: ०७:४४ बजे, शनिबार, चैत २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्