Kathmandu Press

कोशी र गण्डकी प्रदेशका पहाडी भेगमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना 

कोशी र गण्डकी प्रदेशका पहाडी भेगमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना 

काठमाडाैं, चैत २५ : हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशका कर्णाली, गण्डकी, बाग्मती, मधेश र कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ।

दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। 

महाशाखाका अनुसार राती कोशी, मधेश, बाग्मती र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहने र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। 

मेघगर्जन र चट्याङबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ। 

प्रकाशित मिति: ०७:२५ बजे, शनिबार, चैत २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्