सेनाको ‘साइबर स्पेश’मा हमला गर्ने पक्राउ
पक्राउ पर्नेमा स्याङ्जाको वालिङ–१० घर भई हाल पोखरा महानगरपालिका–१६ मा घर धनीको इन्टरनेट प्रयोग गरी बस्ने २१ वर्षका सागर ढकाल छन् ।
काठमाडौं, चैत २४ : नेपाली सेनाको ‘साइबर स्पेश’मा अनाधिकृत पहुँच पु¥याइ हमला गर्ने व्यक्तिलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङ्जाको वालिङ–१० घर भई हाल पोखरा महानगरपालिका–१६ मा घर धनीको इन्टरनेट प्रयोग गरी बस्ने २१ वर्षका सागर ढकाल छन् ।
ब्युरोको अनुसन्धानका क्रममा उनी पोखरामा रहेको थाहा पाएपछि ब्यूरोको टोलीले उनलाई पोखराबाट पक्राउ गरी काठमाडौं ल्याएको हो।
उनलाई आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतले थप अनुसन्धानका लागि सात दिनको म्याद दिएको ब्यूरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए।
नेपाली सेनाबाट केही अघि साइबर स्पेशमा पहुँच पु¥याइ साइबर हमला भएको देखिन आएकाले आवश्यक अनुसन्धान तथा कारबाहीका लागि ब्यूरोमा पत्राचार भएको थियो।
सोही पत्राचारका आधारमा साइबर हमलाको प्राविधिक विशलेषण, ह्युमन इन्टेलिजेन्स तथा अनुसन्धानका आधारमा उक्त ब्यूरोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।











