Kathmandu Press

काभ्रेमा कोभिडका नयाँ भेरियन्टका २५ संक्रमित, एकै दिन १४ संक्रमति थपिए

जिल्ला स्वाथ्य कार्यालय धुलिखेलका अनुसार आज सङ्क्रमण पुष्टि भएकोमा बनेपा नगरपालिकाका दुई, धुलिखेलका दुई, पाँचखालका एक, पनौतीका सात तथा बेथानचोक र भुम्लु गाउँपालिकाको एक÷एक रहेका छन्।
काभ्रेमा कोभिडका नयाँ भेरियन्टका २५ संक्रमित, एकै दिन १४ संक्रमति थपिए

काभ्रे, चैत २४ : काभ्रेमा कोभिड १९को नयाँ भेरियन्ट एक्सबीबी १.१६बाट संक्रमति हुनेको संख्या २५ पुगेको छ।

बिहीबारसम्म नयाँ भेरियन्तका ११ संक्रमतिमात्रै रहेको शुक्रबार एकै दिन थप १४ मा सङ्क्रमण देखिएको छ। करिब तीन महिनापछि जिल्लामा पाइएको सङ्क्रमण पाँच महिलासहित २५ रहेको जनाइएको छ।

जिल्ला स्वाथ्य कार्यालय धुलिखेलका अनुसार आज सङ्क्रमण पुष्टि भएकोमा बनेपा नगरपालिकाका दुई, धुलिखेलका दुई, पाँचखालका एक, पनौतीका सात तथा बेथानचोक र भुम्लु गाउँपालिकाको एक÷एक रहेका छन्।

काभ्रेमा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएका सबैमा कोभिडको नयाँ भेरियन्ट एक्सबीबी १.१६ पुष्टि भएको कार्यालयका प्रमुख डा. पुरुषोत्तम सेढाइले बताए।

सेढाइका अनुसार नमोबुद्ध नगरस्थित मेथिनकोट अस्पताल रुघाखोकी र ज्वरो आएर उपचारका लागि आएका बिरामीमा गरिएको परीक्षणमा नयाँ भेरियन्ट पुष्टि भएको हो। नयाँ भेरियन्ट परीक्षण गराउन खर्चिलो भएकाले थप बिरामीलाई कोभिड नेगेटिभ र पोजेटिभ मात्रै परीक्षण गर्न थालेका उनले बताए।

आज पुष्टि भएका सबैको लक्ष्यण एउटै भएकाले नयाँ भेरियन्टकै सङ्क्रमित भएको उनले बताए।

यसअघि सङ्क्रमण पुष्टि भएका ११ मध्ये बनेपाका पाँच, पनौतिका चार र नमोबुद्धका दुई थिए । सङ्क्रमितहरू सबै होम आइशोलेसनमै उपचाररत रहेका छन्।

स्वास्थ्य कार्यालयले स्थानीय सरकार तथा स्वास्थ्य कार्यालयले ‘ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्ट’ लाई प्राथमिकता राखेर अभियान सुरु गरेको जनाएको छ।

पछिल्लो २४ घण्टामा  देशभर ९९ जनामा कोरोना संक्रमण देखिएकाे छ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६३५  नमूनामध्‍ये १७७ जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र १ हजार ४५८ जनाको एन्टीजेन परीक्षण गर्दा ५८ जना गरी ९९ जनामा कोरोना सक्रमण देखिएको हो ।

याेसँगै देशभर कोरोनाको संक्रिय संक्रमितको संख्या ३७३ जना पुगेको छ।

प्रकाशित मिति: १८:४५ बजे, शुक्रबार, चैत २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्