गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालन हुन्छ : नेता पौडेल
उनले रुपन्देहीमा सञ्चालन भएका सबै आयोजनामा जनताको निगरानी महत्वपूर्ण भएको जनाउँदै ती योजनाको निर्माणमा भएका कमजोरी तथा ढिलासुस्तीमा खबरदारी गर्न आग्रह पनि गरे।
रुपन्देही, चैत २४ : एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्णरूपले सञ्चालनमा आउने बताएका छन्। उनले विमानस्थल आवश्यकताले नै निर्माण भएकोले छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन आग्रहगरे।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको बुटवलमा उद्घाटन गर्दै पौडेलले सम्बद्ध निकायको कमजोरीका कारण विमानस्थल सञ्चालनमा आउन नसकेको बताए । उनले कमजोरी सुधार गरेर विमानस्थल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए।
उनले रुपन्देहीमा सञ्चालन भएका सबै आयोजनामा जनताको निगरानी महत्वपूर्ण भएको जनाउँदै ती योजनाको निर्माणमा भएका कमजोरी तथा ढिलासुस्तीमा खबरदारी गर्न आग्रह पनि गरे।
नेता पौडेलले बुटवलमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनीस्थल पनि सञ्चालन आउने उल्लेख गरे। उनले सम्पन्न भएका सबै आयोजनालाई सञ्चालनमा ल्याएर यहाँको होटल व्यवसाय, पर्यटन, उद्योग तथा सम्पूर्ण आर्थिक क्षेत्रलाई चलायमान बनाउनुपर्ने बताउनुभयो ।
राजधानीकै कारण रुपन्देही पछि नपर्ने उल्लेख गर्दै उहाँले बरु यहाँका उद्योगी व्यवसायीले अब कसरी अघि बढ्ने भनी बहस चलाउन आग्रह गरे।











